बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध स्वीकार्य हुँदैन: महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले राजनीतिक दलहरूलाई निषेध गर्नु स्वीकार्य नहुने बताए।
- उनले लोकतन्त्रमा दलहरूलाई कमजोर बनाउन नहुने र नयाँ दल खोल्न मिल्ने कुरामा जोड दिए।
- पोखरेलले युवा आन्दोलनको नाममा लोकतन्त्र कमजोर पार्ने षडयन्त्र भइरहेको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसक्ने बताए । कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दलहरू खोल्न मिल्ने उनले बताए ।
जुन राजनीतिक दलहरू नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता नरहेको पोखरेलले बताए। नीतिमा प्रतिष्पर्धा नै लोकतन्त्रको विशेषता भएको उनको जिकिर छ ।
नेकपा एमाले र नेपाली कांग्रेसले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सके त्यो अधिकारलाई संविधानले नरोकेको पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले नव युवाहरूको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पारेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
-
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
-
सिराहाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा
-
‘बजेट अस्वाभाविक रूपमा ठुलो आकारको आयो, स्रोत जुट्ने अवस्था देखिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण