खेलकुद
भिसा समस्याका कारण नेपाली क्रिकेट टोलीको यूएई प्रस्थान अनिश्चित
शुक्रबार, ०३ असोज २०८२, १७ : ३३
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई प्रस्थान अनिश्चित बनेको छ ।
यूएईबाट भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको यूएई प्रस्थान अनिश्चित बनेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गर्नुपर्ने थियो । तर, यूएईले भिसा दिन ढिलाइ गरेपछि क्रिकेट टोली यूएई प्रस्थान गर्न नसकेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार क्रिकेट टोलीको भिसा प्रक्रियामा रहेको छ।
‘भिसा प्रोसेसमा छ । यूएईले भर्खरै मात्र भिजिट भिसा बन्द गरेको छ । आज आएमा भोलि या भोलि आएमा पर्सी नेपाली राष्ट्रिय क्रिकेट टोली यूएई प्रस्थान गर्ने छ,’ लामाले रातोपाटीसँगको संवादमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण