शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो

शनिबार, ०४ असोज २०८२, ११ : २६
शनिबार, ०४ असोज २०८२

सारांश

  • काठमाडौँबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको छ।
  • यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन्।
  • विद्यालय र क्याम्पस बिदा भएसँगै घर फर्किनेहरूको बसपार्कमा चहलपहल बढेको हो।

काठमाडौँ । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।

टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका हुन् । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनीतिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरू बिदा भइसकेका छन् । विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किन जानेहरूको बसपार्कमा चहलपहल बढेको हो । 

गएका वर्षहरूमा यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यस वर्ष दसैँको टीका असोजको १६ गते रहेको छ । –न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप