अर्थमन्त्रीको चासोले सुध्रिएन सेयर बजार : पहिलो घण्टामै तीव्र उतारचढाव
सारांश
- आइतबारको बजारमा तीव्र उतारचढाव आयो, सुरुमा घटेर फेरि बढेको थियो।
- बिहीबार बजारमा गिरावट आएपछि अर्थमन्त्रीले बजार सुधारको लागि कार्यदल गठन गरे।
- नेप्सेले मंगलबारदेखि मूल्य गणना विधि परिवर्तन गर्ने निर्णय गरेपनि बजारमा सुधार आएन।
काठमाडौँ । आइतबारको सेयर बजारमा तीव्र उतारचढाव आएको छ । बिहीबार इतिहासकै सबैभन्दा धेरै अंक घट्दै नकारात्मक सर्किट लागेर समय अगावै बन्द भएको बजार आइतबार भने तीव्र गतिमा घटबढ भएको हो ।
आज प्रि ओपनिङ सेसनमा बजार परिसूचक २४ अंकले घटेको थियो । त्यसपछि बढ्न सुरु भएको बजारले १० मिनेटमै ५९ अंंकको वृद्धि हासिल गर्दै २५७१.०६ अंकमा पुगेको छ ।
तर यो वृद्धि टिकेन, त्यसपछिको ५ मिनेटमा बजार पुन घट्दै सुरुकै विन्दुमा आइपुगेको छ । ११ः १५ बजे बजार २५१४.६९ अंकमा कायम भएको छ ।
बिहीबारको गिरावटपछि बजारको सुधारबारे अर्थमन्त्री रामेश्वर खनालले चासो देखाउँदै विकृति अध्ययन गर्न भन्दै कार्यदल बनाएका थिए । त्यस्तै, नेप्सेको अन्तिम मूल्य गणना विधि समेत परिमार्जन गर्न निर्देशन दिएका थिए ।
नेप्सेले मंगलबारदेखि उक्त विधि परिवर्तन गर्ने निर्णय गरिसकेको छ भने कार्यदलले काम थालिसकेको छ । यद्यपि यसले बजारमा भने सुधार ल्याउन नसकेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण