शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३१ जना घाइते

सोमबार, ०६ असोज २०८२, १४ : ०९
सोमबार, ०६ असोज २०८२

हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा–१९ दारिमटारमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

मकवानपुर प्रहरीका अनुसार सोमबार तेल बोकेको ट्याङ्कर, ट्रक र यात्रुवाहक बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) श्यामु अर्यालले जानकारी दिए । 

घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप