मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सब्सटिच्युटमा रुसले रच्यो नयाँ इतिहास, स्पेनको पनि आफ्नै किर्तिमान

सोमबार, १८ असार २०७५, ११ : १०
सोमबार, १८ असार २०७५

एजेन्सी । स्पेनविरुद्धको अन्तिम १६ को खेलमा चौँथो अतिरिक्त खेलाडीलाई मैदान प्रवेश गराउँदै रुस विश्वकपमा चारवटा सब्सटिच्युटलाई मैदान प्रवेश गराउने पहिलो टोली बनेको छ ।

आयोजक राष्ट्रले ९० मिनेटसम्म स्पेनलाई १–१ गोलको बराबरीमा रोकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

सर्जी इग्नासेभिचको आत्मघाती गोलको मद्दतले स्पेनले शुरुवातमा अग्रता लिए पनि आर्तेम जुबाले पेनाल्टीबाट खेल बराबरी गरेका थिए ।

सन् २०१० को च्याम्पियनलाई निधारित ९० मिनेट रोकेपछि खेलमा थप ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । 

निर्धारित ९० मिनेटमा रुसले सबै तीन सब्सटिच्युटलाई प्रयोग गरिसकेको थियो ।

तर, सन् २०१८ को विश्वकपदेखि अतिरिक्त समयमा खेल प्रवेश गरे चारवटा सब्सटिच्युट प्रयोग गर्ने नयाँ नियम लागू गरिएको छ । जसलाई प्रयोग गर्दै अलेक्सान्डर येरोखिनलाई ९७ औँ मिनेटमा मैदान प्रवेश गराइएको थियो ।

त्यसपछि स्पेनले पनि मार्को असेन्सियोको स्थानमा रोड्रिगोलाई प्रवेश गराउँदै आफ्नो चाँैथो सब्सटिच्युट प्रयोग गर्यो ।

स्पेनको पनि किर्तिमान

खेलमा अधिकांश समय रक्षात्मक अवस्थामा रुसले बिताउँदा स्पेनले पनि नयाँ किर्तिमान बनाउन सफल रह्यो ।

स्पेनले निधारित ९० मिनेटमा ७७० वटा पास सफलतापूर्वक गरेको थियो जुन विश्वकपमा रेकर्ड राख्न थाले देखिको किर्तिमान हो ।

यसअघि अर्जेन्टिनाले सन् २०१० मा ग्रिसविरुद्ध ७०३ पास गरेको थियो ।

अतिरिक्त समयमा स्पेनले पासको १ हजारको कोशेढुंगा पनि पार गरेको थियो ।

यता, कप्तान सर्जियो रामोश एक्लैले १४१ पास पूरा गरे । सन् १९६६ देखि विश्वकपमा कुनै पनि खेलाडीले एउटै खेलमा यति धेरै पास गरेको पहिलो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप