आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति

बिहीबार, ०९ असोज २०८२, १४ : ५७
बिहीबार, ०९ असोज २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव गरे।
  • प्रचण्डको प्रस्तावमा नेता श्रेष्ठ र शर्माले भने असहमति जनाएका छन्।
  • वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा नेताद्धय नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘प्रभाकर’ ले फरक मत अर्थात असहमति जनाएका छन् ।

बिहीबार काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रीय कमिटीको सातौँ बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

तर प्रचण्डको प्रस्तावमा नेता श्रेष्ठ र शर्माले असहमति राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मङ्सिरमा विशेष महाधिवेशन सम्भव नरहेको भन्दै प्रतिनिधि सभाको निर्वाचनपछि महाधिवेशनमा जानुपर्ने बताए । ‘मङ्सिरमा विशेष महाधिवेशन सम्भव छैन, निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठको भनाइ छ ।

त्यस्तै नेता शर्माले निर्देशक समिति बनाएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखे । ‘अहिलेका सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमार्फत नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौँ’, शर्माको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो ।

अध्यक्ष प्रचण्डसहित श्रेष्ठ र शर्माले धारणा राखेपछि बैठक शुक्रबार बस्नेगरी पहिलो दिनको बैठक सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप