शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उरुग्वेका ‘हिरो’ प्रशिक्षक जो खतरनाक रोगबाट ग्रसित छन्

सोमबार, १८ असार २०७५, १२ : ४२
सोमबार, १८ असार २०७५

एजेन्सी । रुसमा चलिरहेको फुटबल विश्वकपको दोस्रो नकआउट प्रतिस्पर्धामा दक्षिण अमेरिकी समूह उरुग्वेले शनिबार युरोपको सबैभन्दा बलियो समूहमध्येको एक पोर्चुगललाई २–१ ले हरायो । 

जितपछि उरुग्वे समूहको ड्रेसिङ रुममा खुसीयाली मनाइरहेका बेला त्यही समूहका म्यानेजरले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा भने, ‘हामीले बललाई अझै केही समयका लागि आफूसँग राख्नुपर्दथ्यो । खेलको करिब ६१ प्रतिशत समय बल पोर्चुगलसँग थियो । यसका लागि केही गर्नुपर्छ ।’

यस्तो अभिव्यक्ति दिने उरुग्वे टीमका म्यानेजर ओस्कर वासिङ्टन तबरेज सिल्भा हुन् जो आफ्नो समूहमाझ तिखो आलोचना गर्ने व्यक्तिको रुपमा चर्चित छन् । 

यद्यपी, समूहका खेलाडीलाई उनको स्पष्टता निकै मनपर्छ । कोच ओस्कर तबरेजबारे उनका मिल्ने साथी ठट्यौली पारामा भन्छन्, ‘ओस्कर फुटबलको संसारमा आउनुपूर्व प्राथमिक विद्यालयका शिक्षक थिए । त्यसकारण उनको मास्टरजस्तो बानी छ । ’

१२ वर्ष लामो निर्विवाद करियरः

६०–७० को दशकमा ओस्कर तबरेजको एक सिनियर फुटबल खेलाडीको रुपमा १२ वर्ष लामो निर्विवाद करियर रहेको छ ।   

उनको समूहलाई व्यवस्थापन गर्ने अनुभव निकै विस्तृत छ । करिब ३० वर्ष लामो कोचिङ करियरमा उनले कोलम्बिया, अर्जेन्टिना, इटली र स्पेनका ठूला फुटबल क्लबलाई व्यवस्थापन गरेका छन् । 

‘गुलेन बार सिन्ड्रोम’ बाट ग्रसितः

सन् १९४७ मार्च ३ तारिखमा ओस्करको जन्म भएको थियो । करिब दुई दशकदेखि उनी लाई ‘गुलेन बार सिन्ड्रोम’ बाट ग्रसित छन् । 

यो रोग लागेका मानिसहरुको मांसपेशी कमजोर हुनथाल्छ र कहिले काँही सास फेर्न पनि समस्या हुन्छ । 

पछिल्ला केही वर्षमा ओस्करको स्वास्थ्य तीब्र रुपमा बिग्रिएको छ र उनको शरिरमा यो सिन्ड्रोमको असर स्पष्ट रुपमा देख्न थालिएको छ । 

यसै कारण ओस्कर खेलको क्रममा मैदान बाहिर एउटा लट्ठीको सहारमा उभिने गर्छन् । तर आफ्नो टिम र फुटबलका लागि उनी निकै जोसिला छन् । 

सन् २००६ को अन्त्यदेखि अहिलेसम्म ओस्कर उरुग्वे टीमका कोच हुन् । उनको संलग्नतामा उरुग्वेको समुह कूल चारपटक फुटबल विश्वकपका लागि क्वालिफाई गरेको छ र एकपटक सेमिफाइनलसम्म पुगेको छ । 

रुसमा चलिरहको फुटबल विश्वकप, २०१८ को ग्रुप स्टेज प्रतिस्पर्धामा कुनै पनि समूह उरुग्वेविरुद्ध एक गोल पनि गर्न सकेको थिएन । 

९ नम्बर जर्सीको कहानीः

यसबारे ओस्करले उरुग्वेको ग्रुप स्टेज प्रतिस्पर्धामा इजिप्टमाथिको जीतपछि भनेका थिए, ‘हामीले सधैं गोल हान्ने बारे सोचिरहनुपर्छ । जुन आक्रामकताका साथ मेरो समूहले खेलिरहेको छ, म त्यसमा खुसी छु । यद्यपी, उनीहरुले अन्तिम–१६ बाट सेमिफाइनल प्रतिस्पर्धासम्म पुग्नका लागि थप जोड लगाउनुपर्छ ।’

ओस्कर संसारका यस्ता पाँचौं फुटबल म्यानेजर हुन् जसले चार विश्वकप प्रतियोगिता (सन् १९९०, २०१०, २०१४ र २०१८) मा एकै टीमको म्यानेज गरेका छन् । 

उनी अघि यो सूचीमा इंगल्याण्डका वाल्टर विन्टरबाटम, जर्मनीका जोसेफ हर्बर्गर, जर्मनीका नै हलमूट र हंगरीको लोयोश बारतोरीको नाम समावेश छ । 

ऊरुग्वेमा फुटबल प्रेमी ९ अंकलाई सबैभन्दा उत्कृष्ट र खेलका लागि ‘लक्की नम्बर’ मान्छन् । यसै कारण ओस्कर जब उरुग्वेका लागि खेल्थे उनको जर्सीको नम्बर ९ हुने गर्दथ्यो ।

र यही कारण उरुग्वेका स्टार खेलाडी लुईस सुआरेज पनि ९ नम्बरको जर्सी लगाउँछन् । 

कभानीको चिन्ताः

अस्करले पछिल्ला केही वर्षदेखि थुप्रै मौकामा लुई सुआरेज र एडिन्सन कभानीले उरुग्वेको खेललाई अर्को स्तरमा पुर्याउने बताउँदै आएका छन् । 

यद्यपी, शनिबार पोर्चुगल विरुद्ध खेदिएको प्रतिस्पर्धामा ३१ वर्षका एडिन्सन कभानी घाइते भएका कारण ओसकर थोरै चिन्तित छन् । 

उनले भनेका छन्, ‘कभानीको चोट टीमका लागि सबैभन्दा ठूलो चिन्ताको कुरा हो । कावानीसँग निको हुने समय निकै कम छ । उनको चोट कति गम्भीर छ, त्यो पत्ता लगाउने कासिस गरिरहेका छौँ ।’
उरुग्वेको फुटबल टीम सन् १९३० र १९५० को फुटबल विश्वकपमा बिजेता भइसकेका छन् । 

यो विश्वकपमा सेमिफाइनलका लागि उरुग्वेको अर्को प्रतिस्पर्धा फ्रान्ससँग हुँदैछ । यो खेल रुसको निजनी नोवगराड मैदानमा खेलिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप