समाज
पूजाआजा गरी कोटेश्वर प्रभागमा प्रहरी पुनर्स्थापित, फूलमालाले स्वागत र सम्मान
बिहीबार, ०९ असोज २०८२, १६ : ३७
काठमाडौँ । २०८२ साल भाद्र २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनी भई क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण सम्पन्न भएपछि त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनर्स्थापित गरिएको छ।
आज (बिहीबार) एक कार्यक्रमका बीच पूजाआजा गरी प्रहरीहरूलाई प्रभागमा पुन: स्थापना गराइएको हो। सो अवसरमा स्थानीय तथा अन्य उपस्थित व्यक्तित्वहरूले प्रभागमा फर्केका प्रहरीहरूलाई फूलमालाले स्वागत र सम्मान गरेका थिए। साथै, आन्दोलनको क्रममा ज्यान गुमाएका दिवंगत प्रहरीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरियो।
आन्दोलनको क्रममा देशका सयौँ प्रहरी कार्यालयहरू जलाइएका वा क्षति पुर्याइएका थिए। जलाइएका चौकीहरू अहिले स्थानीय समुदाय र विभिन्न दाताहरूको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन्।
_6PVKl6pi6U.jpg)
_UdzNEfBJEE.jpg)
_h6GlkPGvIU.jpg)
_0vMfe0OKx4.jpg)
_qYpfoH6xRq.jpg)
_yvvVtTOv7M.jpg)
_KAgEEojkiF.jpg)
_Pe5HKRQ6W2.jpg)
_ppBzKl8dwj.jpg)
_y9HijjkNa7.jpg)
_sRgv7PahCn.jpg)
_Cjoo0xYni0.jpg)
_GJ2EGagTT4.jpg)
_cejlRdWjNv.jpg)
_NFAeR4hyTY.jpg)
_HnuDX6NvG8.jpg)
(तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण