बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु
शुक्रबार, १० असोज २०८२, १८ : ५३
धनगढी । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४, शिरमातोलामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा २० वर्षीया साबित्रा शाह रहेकी छिन् ।
प्रहरीका अनुसार, शाह घर नजिकैको धारामा पानी भर्न जाने क्रममा उक्त घटना घटेको हो । विद्युतको पोलबाट स्थानीय रूपमा तानिएको तार चुँडिएको अवस्थामा रहेको र सोही तारबाट करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको खबर पाए लगत्तै स्थानीय प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण