कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल आश्विन १३ गतेको बार, तिथि, नक्षत्र, योग, र अन्य विवरणहरू समावेश छन्।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूको लागि राशिफल अनुसार, विभिन्न क्षेत्रमा सफलता र अवसरहरू प्राप्त हुनेछन्।
- शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समय उपयुक्त हुनेछ, भने राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल आश्विन १३ गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्ल पक्ष । तिथि–सप्तमी, १६ घडी १० पला, मध्यान्ह १२ बजेर २४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मूल, ५४ घडी ७ पला, रातको ३ बजेर ३४ मिनेट उप्रान्त पूर्वाषाढा । योग–सौभाग्य, ४४ घडी २४ पला, बेलुकी ११ बजेर ४१सो मिनेट उप्रान्त शोभन । करण–वणिज, मध्यान्ह १२ बजेर २४ मिनेट उप्रान्त भद्रा, रातको १ बजेर ६ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–धनु ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५० मिनेट । दिनमान २९ घडी ४७ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ५६ मिनेटसम्म अमृत बेला ।
- बिहान ५ बजेर ५७ मिनेटदेखि बिहान ७ बजेर २५ मिनेटसम्म काल बेला ।
- बिहान ७ बजेर २६ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
- बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ११ बजेर ५४ मिनेटदेखि दिउसो १ बजेर २३ मिनेटसम्म चर बेला ।
- दिउसो १ बजेर २४ मिनेटदेखि दिउसो २ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
- दिउसो २ बजेर ५३ मिनेटदेखि बेलुकी ४ बजेर २१ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ४ बजेर २२ मिनेटदेखि बेलुकी ७ बजेर २१ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ७ बजेर २५ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर २० मिनेटदेखि बिहान ४ बजेर ५८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ । दैनिक उपभोग्य बस्तु, पहिरन, सवारी साधन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा पारिवारिक मिलनमा समय व्यातित हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वि,वू,वे,वो) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तर पनि धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य मात्रामा वृद्धि हुनेछ भने व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । छोटो दुरीको यात्रा हुने, परिवार तथा आफन्तसँग भेट हुनाले मन प्रसन्न रहनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनाले पुराना ऋण चुक्ता गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाइनेछ । परिवारका साथ यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक उपभोग्य बस्तु, सवारी साधन, पहिरन तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । यात्रा, मनोरञ्जन तथा परिवारमा साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । तर पनि राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य मात्रामा वृद्धि हुनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) चाडबाड लक्षित सामानको व्यापारबाट आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने होटेल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
- धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिरन, दैनिक उपभोग्य वस्तु तथा चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य मात्रामा वृद्धि हुनेछ । यात्रा खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला जरिवाना पनि हुन सक्छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दैनिक उपभोग्य वस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहौलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईँको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । चाडबाड लक्षित सामानको व्यापार फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । यात्रा, मनोरञ्जन तथा पारिवारिक माहौलमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण