सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

बुधबार, १५ असोज २०८२, ०६ : ३३
बुधबार, १५ असोज २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल आश्विन १५ गतेको बारबेला, राहुकाल र ब्रह्म मुहूर्तको जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफल अनुसार, विभिन्न राशिका व्यक्तिहरूले यात्रा, व्यापार र सम्बन्धमा कस्ता फल पाउनेछन् भन्ने उल्लेख छ।
  • शुभ कार्यका लागि लाभ बेला वा अमृत बेला उपयुक्त हुने र राहुकालमा कुनै पनि शुभ कार्य नगर्न सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग
वि.सं. २०८२ साल आश्विन १५ गते, बुधबार । ईस्वी सन् २०२५ अक्टोबर १ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । आष्विन शुक्ल पक्ष ।
तिथि – नवमी, दिउँसो २ बजेर ३३ मिनेटपछि दशमी ।
नक्षत्र – उत्तराषाढा, अहोरात्र ।
योग – अतिगण्ड, बेलुकी १० बजेर ५८ मिनेटपछि सुकर्मा ।
करण – कौलव, दिउँसो २ बजेर ३३ मिनेटपछि तैतिल, राति २ बजेर ४७ मिनेटपछि गर ।
आनन्दादि – वज्र योग ।
चन्द्र राशि – धनु ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २९ घडी ३९ पला ।

आजको बारबेला

  • बिहान ५:५७ सम्म लाभ बेला ।
  • बिहान ५:५८ देखि बिहान ७:२५ सम्म अमृत बेला ।
  • बिहान ७:२६ देखि बिहान ८:५४ सम्म काल बेला ।
  • बिहान ८:५५ देखि बिहान १०:२४ सम्म शुभ बेला ।
  • बिहान १०:२५ देखि बिहान ११:५३ सम्म रोग बेला ।
  • बिहान ११:५४ देखि दिउँसो १:२३ सम्म उद्धेग बेला ।
  • दिउँसो १:२४ देखि दिउँसो २:५२ सम्म चर बेला ।
  • दिउँसो २:५३ देखि बेलुकी ४:२० सम्म लाभ बेला ।
  • बेलुकी ४:२२ देखि बेलुकी ७:२० सम्म उद्धेग बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्नु छ भने लाभ बेला वा अमृत बेलामा गर्नुहोला ।

राहुकाल

बिहान ११:५४ देखि दिउँसो १:२५ सम्म राहुकाल रहनेछ ।
नोट: राहुकालमा कुनै पनि शुभकार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४:२१ देखि बिहान ४:५९ सम्म ब्रह्म मुहूर्त रहनेछ ।

राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । छोटो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सानो लगानीमै व्यापार फस्टाउनेछ भने दैनिक उपभोग्य र औषधीजन्य सामानको कारोबारमा वृद्धि हुनेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ र घर–परिवार तथा आफन्तबाट सहयोग पाइनेछ । पारिवारिक मिलनले मन प्रशन्न हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । माया–प्रेममा नजिकिन सकिनेछ तथा आफन्तबाट सहयोग पाइनेछ । लामो दूरीको यात्राको योग रहेको छ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । तर सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । स्वास्थ्य समस्या देखिन सक्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
स्वास्थ्य सामग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्त हुने योग छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ । प्रेममा आत्मीयता बढ्नेछ र रमाइलो यात्राको अवसर हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारमा लगानी गरेर मनग्य धन आर्जन गर्न सकिनेछ । परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । तपाईंको आलोचकहरू पनि तपाईंकै प्रशंसा गर्नेछन् । खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
काममा ध्यान केन्द्रित गर्दा इच्छाअनुसार सफलता प्राप्त हुनेछ । आफन्त तथा गुरुजनको सुझावलाई सम्मानपूर्वक स्वीकार्दै अघि बढ्न सकिनेछ । मन परेको व्यक्तिबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेममा सामीप्यता बढ्नेछ । सन्तान तथा आफन्तसँग रमाइलो यात्रामा जान सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
राजनीति तथा समाजसेवामा सक्रिय हुनेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोस्, काम बिग्रँदा मान–सम्मानमा आघात पुग्न सक्छ । आमा वा आमा सरहका व्यक्तिसँग टाढिएर देश–विदेशको यात्रा गर्दा मन विचलित हुनेछ । तर कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पुराना समस्याहरूलाई समय दिएर समाधान गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापार फस्टाउनेछ । छोटो तथा रमाइलो यात्राको योग छ । यात्रामा रमाइला साथीहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ र सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रो परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषय तपाईंकै पक्षमा आउनेछन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
परिवार तथा आफन्तले समस्याहरू बुझ्ने भएकाले काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्य धन आर्जन गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने भएकाले महत्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया–प्रेममा विश्वास बढ्नेछ र जीवनसाथीको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ । उपभोग्य तथा औषधीजन्य सामानको व्यापार फस्टाउनेछ । पारिवारिक मिलन तथा मनोरञ्जनमा समय बित्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
स्रोत साधनलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । समयमा निर्णय लिन सक्दा मान–सम्मानमा वृद्धि हुनेछ । प्रेममा आत्मीयता बढ्नेछ । साथीभाइसँग मिठो खानपान र रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोस्, सामान्य स्वास्थ्य समस्या आउन सक्छ । पढाइ–लेखाइ आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोस् । व्यापारमा प्रशस्त लगानी गरे पनि प्रतिफल न्यून आउन सक्छ । तर यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय बित्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा उपभोग्य लगानीबाट मनग्य नाफा दिनेछ । प्राकृतिक स्रोत–साधन प्रयोग गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक धन तथा सम्पत्ति हात लाग्ने योग छ । प्रतिस्पर्धीलाई पछाडि पार्दै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । प्रेममा सामीप्यता बढ्नेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सम्मानित काम सम्पन्न गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट सोचेभन्दा बढी आम्दानी हुनेछ, जसले नयाँ क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ खोज तथा अनुसन्धान गर्न सकिनेछ । सार्थक नतिजाले उत्साह जगाउनेछ । खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप