तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३५० भन्दा बढी पर्वतारोहीको उद्धार
सारांश
- प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा ३०० भन्दा बढी पर्वतारोही फसेका थिए।
- शुक्रबारदेखि शनिबारसम्मको हिमपातले गर्दा एक हजार जति पर्वतारोही फसेको समाचार आएको थियो।
- चिनियाँ सरकारी सञ्चारमाध्यमले ३५० जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ।
काठमाडौँ । प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार गरिएको छ ।
तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्रमा पुगेका पर्वतारोही भारी हिमपात तथा प्रतिकूल मौसमका कारण शिविरमै फसेका हुन् । शुक्रबार रातिदेखि शनिबारसम्म भएको हिमपातका कारण करिब एक हजार पर्वतारोही फसेको समाचार प्रकाशमा आएको थियो ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले ३५० जनाभन्दा बढी पर्वतारोहीलाई उद्धार गरेको र अन्य दुई सयभन्दा बढी पर्वतारोहीसँग सम्पर्क स्थापित गरेको जनाएका छन् ।
चीनमा राष्ट्रिय दिवसका अवसरमा साताव्यापी बिदा चलिरहेको छ । सोही कारण ठुलो संख्यामा मानिस घुम्न निस्किने गरेका हुन् । बिदा मनाउने क्रममा सगरमाथा क्षेत्रमा पुगेका पर्यटक प्रतिकूल मौसमका कारण फसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
तिब्बततर्फको सगरमाथा क्षेत्रमा फसेका पर्वतारोही तथा पर्यटकको उद्धारका लागि स्थानीय प्रशासनले टोली परिचालन गरेको र द्रुत गतिमा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण