शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन स्थगित

सोमबार, २० असोज २०८२, १५ : १६
सोमबार, २० असोज २०८२

सारांश

  • नइ एकेडेमीले आयोजना गर्ने 'नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन' स्थगित गरिएको छ।
  • सम्मेलन तिहारपछि गर्ने योजना रहे पनि जेनजी आन्दोलनका कारण स्थगित भयो।
  • सम्मेलनमा नेपाल र भारतका २५ जना प्राज्ञहरूले विद्यावारिधि तहको अनुसन्धान प्रस्तुत गर्ने थिए।

काठमाडौं । नइ एकेडेमीले आयोजना गर्न लागेको ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ स्थगित गरिएको छ। सो सम्मेलन मूलतः तिहारपछि सञ्चालन गर्ने योजना बनाइएको थियो, तर जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण यसलाई पछि सार्नु परेको एकेडेमीले जनाएको छ।

सम्मेलनका लागि विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान गर्ने नेपाल तथा भारतका २५ जना प्राज्ञहरूले दस्तावेजहरू प्रस्तुत गरिसकेका छन्। सहभागी प्राज्ञहरूको सूचीमा प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा. कृष्णराज घतानी, प्रा.खेमराज जोशी, प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. जङ्गब चौहान, डा.टेकबहादुर छेत्री, प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, प्रा.डा. भरतकुमार भट्टराई, डा.रजनी काफ्ले ढकाल, डा.राजकुमार क्षेत्री, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा. सञ्जय रार्ई, डा.अरुणा रार्ई, डा.साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाही रहेका छन्।

दस्तावेजहरूको समीक्षा प्रा.डा. महादेव अवस्थीले गर्नेछन्। सम्मेलनको महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी छन् भने संयोजक प्रा.डा. महादेव अवस्थी र सल्लाहकार प्रा. केशव सुवेदी छन्। 

नइ एकेडेमीले कार्यक्रम गर्न ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ। यस सम्मेलनको लागि कुनै पनि आर्थिक सहयोग नेपाल सरकार वा भारतबाट नलिएको जानकारी दिँदै नइले भनेको छ, 'जनस्तरबाट पनि हामीले आर्थीक सहयोग लिएका छैनौँ; सहयोग पाए धन्य हुनेछौँ।'

सम्मेलनका सहभागीहरूलाई ८० ग्रामको म्याफ लिथो कागतमा १८x२४ इन्चको हार्ड कभर, ८७२ पृष्ठको ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थ निशुल्क प्रदान गरिने नइको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप