आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
टी-२० शृङ्खला

कप्तान इन्दु र कविता चम्किँदा मलेसियाविरुद्धको शृङ्खलामा नेपालको कम्ब्याक

मङ्गलबार, २१ असोज २०८२, १० : २८
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • मलेसियाविरुद्धको टी-२० शृङ्खलाको चौथो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ।
  • नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ४८ रन बनाइन्, र शृङ्खला २-२ को बराबरीमा पुग्यो।
  • कविता कुँवरले ३ विकेट लिइन् भने मलेसियाका मास एलिसाले ५६ रन बनाइन्।

क्वाललम्पुर । मलेसियाविरुद्धको टी-२० शृङ्खलाको चौथो खेलमा नेपाल ६ विकेटले विजयी बनेको छ । योसँगै ५ खेलको शृङ्खला २-२ को बराबरीमा पुगेको छ ।

पहिलो खेलमा नेपाल १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली ६ विकेटले विजयी बन्यो भने तेस्रो खेलमा नेपाल ३ रनको झिनो अन्तरले स्तब्ध बनेको थियो । अब अन्तिम खेल भोलि खेलिनेछ ।

मंगलबार भएको खेलमा १ सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ४८ रन बनाइन् । रुविना क्षेत्रीले २३ रन बनाउँदै वर्मालाई राम्रो साथ दिइन् । कविता कुँवरले २६ बलमा १६ रन तथा ओपनर सम्झना खड्काले ११ बलमा ११ रन जोडिन् ।

557871129_1261731762649868_5374242012384095234_n

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ११ रन बनाएको थियो । टोलीका लागि मास एलिसाले अर्धशतकीय इनिङ्स खेलिन्। उनले ६३ बलमा ५ चौकाको मद्दतले ५६ रन जोडिन् । 

टोलीको सुरुवात भने राम्रो हुन सकेको थिएन । टोलीले मात्र १ रनमा दुई विकेट गुमाएको थियो । २० रन बनाउँदा टोलीका ३ ब्याटर पभेलियन फर्किसकेका थिए ।

त्यसपछि एलिसाले मारिया इजाटी इस्माइल र नुरु दानिया सुहादासँग मिलेर टोलीको इनिङ्स अगाडि बढाइन् । इस्माइलले १८ तथा सुहादाले १५ रनको योगदान दिइन् ।

नेपालका लागि कविता कुँवरले ३ विकेट लिइन् । उनले ४ ओभरमा मात्र १० रन खर्चिइन् । पूजा महतो र कविता जोशीले १-१ विकेट हात पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप