जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
सारांश
- सीजी ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
- ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे।
- चौधरीले आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा दृढता व्यक्त गरे, र सम्पर्कका लागि अनुरोध गरे।
काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, 'जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।'
चौधरीले आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठुलो क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् । 'उक्त आन्दोलनका क्रममा हाम्रो निजी सम्पत्ति र उद्योगमा ठुलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनः निर्माणको यात्रामा अघि बढेका छौँ,' उनले लेखेका छन् ।
सीजीले शहीद परिवारहरूसँग प्रत्यक्ष सम्पर्क सुरु गरिसकेको बताउँदै चौधरीले आवश्यक विवरणका लागि कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण