सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

बिहीबार, २३ असोज २०८२, ०५ : ००
बिहीबार, २३ असोज २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल आश्विन २३ गते बिहीबारको बारबेला, राहुकाल र ब्रहा मुहूर्तको जानकारी दिइएको छ।
  • मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिका लागि राशिफलको भविष्यवाणी गरिएको छ।
  • शुभ कार्य र यात्राका लागि लाभबेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल आश्विन २३ गते । बिहीबार । इस्वी सन् २०२५ अक्टोबर ९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–तृतीया, रातको २ बजेर ४९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–भरुणी, रातको १२ बजेर ३६ मिनेट उप्रान्त कृतीका । योग–वज्र, रातको २ बजेर ५० मिनेट उप्रान्त सिद्धि । करण–वणिज, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ४९ मिनेट उप्रान्त बव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३९ मिनेट । दिनमान २९ घडी ६ पला ।  

आजको बार बेला ।

  • बिहान ६ बजेर १ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर २ मिनेटदेखि बिहान ७ बजेर २५ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर २६ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
  • बिहान ११ बजेर ५४ मिनेटदेखि दिउसो १ बजेर २३ मिनेटसम्म अमृत बेला ।
  • दिउसो १ बजेर २४ मिनेटदेखि दिउसो २ बजेर ५२ मिनेटसम्म काल बेला ।
  • दिउसो २ बजेर ५३ मिनेटदेखि बेलुकी ४ बजेर १५ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर १६ मिनेटदेखि बेलुकी ७ बजेर १५ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो १ बजेर २१ मिनेटदेखि दिउसो २ बजेर ३४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर २५ मिनेटदेखि बिहान ५ बजेर १३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीतिज्ञको लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गर्नेहरूले मनग्गे नाफा कमाउन सक्नेछन् । विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।  
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार तथा वित्तीय क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि पर्यन्त गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । र पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बिलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।  ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न  सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक स्तर उच्च तहको रहनाले भाग्य शक्ति बलियो बन्नेछ  । अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ । धार्मिक जगतमा ख्याति पाइने योग रहेको छ  । पापीय मनोवृत्ति निष्क्रिय हुनेछ  । दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनीकरण आउला । नोकरीमा ख्याति बढ्ने कार्यले प्रशासित बनाउला । राजनैतिक गतिविधिबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेको छ  ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप