शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न भनेनन्, निर्वाचनको माहोल बन्यो : सञ्चारमन्त्री

शुक्रबार, २४ असोज २०८२, २० : २१
शुक्रबार, २४ असोज २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीहरुका महत्त्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन् । 

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए । 

निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको बताए । सुरक्षा निकायहरूले पनि सुरक्षाकर्मीको मनाेबल नघटेको बताएको जानकारी दिए । 

सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको उनले बताए । देश, जनता र राजनीतिक दल र जेनजीको साथ सबै निर्वाचनको बाटोमा अघि बढेको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप