मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

२००७ बाटै सुरु भएको थियो अर्जेन्टिनाको समस्या

बुधबार, २० असार २०७५, ०९ : ३६
बुधबार, २० असार २०७५

टीम भिकेरी 
फ्रान्स विरुद्ध इन्जुरी समयमा सर्जियो अगुएरोले गोल गरेपछि अर्जेन्टिनासामु खेल जोगाउन अन्तिम मौका थियो । तर, समय दुई मिनेट बाँकी थियो । फ्रान्स हैरान भइसकेको थियो । यस्तो अवस्थामा सेन्टर ब्याक निकोलास ओटामेन्डीले आफ्नो चटक देखाउन चाहे । 

यो क्षण अर्जेन्टिनाको पछिल्लो एक दशकको सारंश हो ।  ओटामेन्डीले आफ्नो पोजिसनबाट जे गर्नुपर्ने थियो त्यो गर्न सकेनन् । अर्जेन्टिनाको समस्या सन् २००७ बाटै सुरु भएको थियो । जतिबेला सेन्टर ब्याक रोबर्टो आयलाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । 

उनलाई रिप्लेस गर्ने खेलाडी टोलीमा नहुँदाको प्रमाण नै अर्जेन्टिनाले सामना गरिरहेको संकट हो । सन् १९९५ देखि २००७ सम्म अर्जेन्टिनाले ५ पटक यु–२० विश्वकप जित्यो । त्यही टोलीका उत्कृष्ट खेलाडीहरु आज सिनियर टोलीसम्म स्थापित भए । तर, त्यसयता उनीहरुको युवा टोली निकै कजमेर देखियो । नयाँ खेलाडी उत्पादन हुन छाडे । 

त्यसैको प्रभाव स्वरुप अर्जेन्टिना बुढा खेलाडीहरु लिएर रसिया यात्रामा निस्कियो । कमजोर प्रदर्शन ग¥यो । टोलीमा रहेका गोलकिपर, फुलब्याक, सेन्टर ब्याक र सेन्ट्रल मिडफिल्डरले राम्रो प्रदर्शन देखाउन सकेनन् । 

आयलाको सन्यासपछि यस्तो कोल्याप्स त हुनु नै थियो । पटक–पटक भइरहेको पनि छ । म्याराडोनाको प्रशिक्षणमासन् २०१० को विश्वकपमा बल्लतल्ल अर्जेन्टिना छनोट भएको थियो । तर त्यसको मूल्य विश्वकपको क्वाटरफाइनलमा जर्मनीसँग ४–० ले पराजित हुँदा नमिठोसँग चुकाउनुप¥यो । 

अलेज्यान्द्रो साबेलाको प्रशिक्षणमा अर्जेन्टिनाले निकै खुला खेलेर विश्वकपमा छनोट भयो । लियोनल मेस्सी, एन्जेल डि मारिया, सर्जियो अगुएरो र गोन्जालो हिग्वाइन उच्च फर्ममा थिए । तर, साबेलाले आफ्नो टोलीको रक्षापंक्ति कमजोर रहेको बारम्बार बताउँथे । उनका अनुसार टोलीका खेलाडीहरु आक्रमणमा गएका बेला काउन्टर अट्याकको डरका कारण बेला–बेलामा आँखा चिम्लिएर भगवानको प्रार्थना गर्नुपर्ने अवस्था समेत आउँथ्यो । 

यस्तो अवस्थाले गाह्रो थियो । युरोपका ठूला क्लबमा खेलेका स्टार खेलाडीहरु पनि विश्वकप सुरु हुनअघि चोटले सताइएका थिए । खुला खेल्नु उपयुक्त विकल्प थिएन । अर्जेन्टिनाले डिफेन्समा ध्यान दिए र अग्रपंक्तिमा मेस्सी छाउने आशा थियो । रक्षापंक्तिमा रहेका अन्य चार खेलाडीसँगै होल्डिङ मिडफिल्डर जाभियर मास्चेरानोले टोलीलाई जोगाएका थिए । 

र, चार वर्षपछि थोरै मात्र परिवर्तन भयो । मास्चेरानोलाई रिप्लेस गर्ने खेलाडी भएन । मास्चेरानोको खुट्टा डिफेन्सका लागि पहिलेजस्तो भरपर्दो थिएन र यही नै मेस्सीका लागि दुग्र्भाग्य भयो । 

उनले त्यस्तो समयमा खेले जतिबेला अर्जेन्टिनासँग उनका लागि मिल्दोजुल्दो उत्कृष्ट टोली थिएन । मैदानमा विपक्षीसँग कसरी खेल्ने भन्ने स्पष्ट चित्र नै थिएन । 

जर्ज साम्पाओलीलाई एक वर्षअघि अर्जेन्टिनाको प्रशिक्षक नियुक्त गर्दा नै यस्तो अवस्था आउनु अनुमान गरिएको थियो । टोलीमा अन्यौलता छाउने स्पष्ट थियो र सुधारका संकेत कम देखिएका थिए किनकी साम्पाओलीले खेलाडीहरुलाई ‘हाई पे्रसिङ स्टाइल’ मा खेलाउँदै नाम कमाएका हुन् । त्यस्तो खेल देखाउनका लागि अर्जेन्टिनासँग डिफेन्सिभ पेस थिएन । 

यस्तोमा साम्पाओली सुरुमा अन्यौलग्रस्त बने । त्यसपछि हराए ।  नयाँ–नयाँ स्किम ल्याएका उनी हैरान देखिन्थें । उनले टोलीका खेलाडी पनि परिवर्र्तन गरिरहे । तर, निकास निस्किएन । अन्त्यमा,  खेलाडीहरुले ब्याक फोरको रणनीति स्वीकारे । 

फ्रान्सविरुद्ध उनीहरुले जे–जस्तो सिस्टम प्रयोगमा ल्याएपनि के स्पष्ट थिएन भने अर्जेन्टिनाले कसरी कायलिन एमबाप्पेको शक्ति र गतिलाई रोक्न सक्थ्यो ।  उनीहरुसँग खेलको अन्तिम सेकेन्डमा बराबरी फर्काउने अवसर भने हुने थियो । यदी, यस्तो अवस्थामा सेन्टर ब्याक ओटामेन्डीले विपक्षीसँग कचकच गरेर खेलको समय बर्बाद गर्न नचाहेको भए ।

(लेखक दक्षिण अमेरिकी फुटबलका जानकार हुन् । उनी सन् १९९४ देखि ब्राजिलमा छन् ।)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप