४४ अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो
काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएसँगै बजारमा हरियाली छाएको छ । यद्यपि कारोबार रकम भने निराशाजनक रह्यो, जुन ५ अर्ब रुपैयाँभन्दा कम छ ।
आज नेप्से परिसूचक ४४.२५ अङ्कले बढेर २५४७.६० विन्दुमा पुगेको छ। यो १.७६ प्रतिशतको वृद्धि हो। नेप्से परिसूचक बढे पनि कुल कारोबार रकम भने ४ अर्ब ९७ करोडको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ६१ करोडको कारोबार भएको थियो ।
बजारमा आज सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै अन्य समूहमा ५.०१ प्रतिशत वृद्धि भएको छ । होटलमा २.३५ प्रतिशत बढ्दा अन्य समूहमा सामान्य वृद्धि भएको छ ।
आज बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकमा सर्वाधिक ५.३६ प्रतिशतको गिरावट आएको छ ।
आज बजारमा नेपाल इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक ३१ करोड ९१ लाखको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण