आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित एक जना  पक्राउ

सोमबार, २७ असोज २०८२, २२ : ०५
सोमबार, २७ असोज २०८२

सारांश

  • सिराहामा स्रोत नखुलेको रु आठ लाख २५ हजार नगदसहित एक जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा भारतबाट नेपाल आउँदै गरेका कल्याणपुरका राशिन्द्र मण्डल रहेका छन्।
  • प्रहरीले मण्डलको साथबाट चेकबुक, एटिएम कार्ड र कपाली तमसुक लगायतका कागजात बरामद गरेको छ।

सिराहा । यहाँ स्रोत नखुलेको रु आठ लाख २५ नगदसहित एक जनालाई पक्राउ गरिएको छ । उक्राउ परेका व्यक्तिलाई नगद, विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड र कपाली तमसुकसहित एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिराहा नगरपालिका–२०, लगडिगदियानीस्थित प्रहरीचौकीबाट गस्तीमा खटिएको टोलीले गएराति भारतबाट नेपालतर्फ आउँदै गरेका कल्याणपुर नगरपालिका–१, बनिनियाँ निवासी करिब ३० वर्षीय राशिन्द्र मण्डललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले मण्डलको साथबाट रु आठ लाख २५ हजार, दुई थान कपाली तमसुक, आरुष रेमिट्यान्सको एक थान स्ट्याम्प, विभिन्न बैंकका पाँच थान एटिएम कार्ड र चेकबुक बरामद गरिएको जानकारी दिए । 

उनका अनुसार, मण्डल म प्र ०२–०१–००३ प २१०२ नं को मोटरसाइकलमा आइतबार राति करिब ९ः०० बजे नेपाल प्रवेश गरेका थिए । शङ्का लागेर जाँच गर्दा स्रोत नखुलेको रकम र अन्य कागजात फेला परेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप