शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ पुस्ताका लागि जनस्वराज पार्टी गठन : अध्यक्ष दीपक साह

मङ्गलबार, २८ असोज २०८२, २० : ०९
मङ्गलबार, २८ असोज २०८२

काठमाडौँ । जनस्वराज पार्टीका अध्यक्ष ई.दीपक साहले आफूले राजनीतिक प्रतिक्रियाका लागि नभई पुस्तान्तरणका लागि पार्टी गठन गरेको दाबी गरेका छन् । 

डा सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट अलग भएर दीपक साहले जनस्वराज पार्टी दर्ता गराएका छन् । 

निर्वाचन आयोगमा पार्टी दर्ता गराएपछि अध्यक्ष साहले सात दशक लामो राजनीतिक यात्रापछि नेपालको राजनीतिक धरातलमा नयाँ पुस्ताको हस्तक्षेपको संकेतस्वरूप आफूले पार्टी गठन गरेको बताए । 

नेपालले २००७ सालको प्रजातान्त्रिक क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन, त्यसपछि १० वर्षे जनयुद्ध र मधेस आन्दोलन हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको भएपनि आम नागरिकले अझै समानता, सुशासन र आत्म–सम्मानको अनुभूति गर्न नसकेको उनले बताए । 

अध्यक्ष साहले राजनीतिक परिवर्तनहरू सफल भए पनि तिनको सार जनजीवनमा नउत्रिएको जनस्वराज पार्टीको निष्कर्ष रहेको बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई पार्टीले नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेको बताउँदै उनले देश पुरानो ढर्रामा अब नचल्ने बताए । 

पार्टीले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा उद्यमशील अर्थतन्त्रलाई अघि बढाउने नीति लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप