शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

काभा कपः नेपालको पहिलो प्रतिस्पर्धा तुर्केमेनिस्तासँग

बुधबार, २९ असोज २०८२, १६ : २९
बुधबार, २९ असोज २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले काभा कप २०२५ को पहिलो खेलमा तुर्केमेनिस्तान भिड्ने भएको छ । 

बंगलादेशको ढाकास्थित सहिद सुहरावर्दी इन्डोर स्टेडियममा ५ कार्तिकदेखि १० कार्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्दीको रुपमा तुर्केमेनिस्तान पाएको हो । 

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, तुर्कमेनिस्तान र अफगानिस्तान गरी ६ टोली सहभागी हुनेछन् । 

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)का अनुसार प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग राउन्ड रोबिन फर्म्याटमा खेल्नेछन् । नेपालले दोस्रो खेल ६ कात्तिकमा आयोजक बंगलादेशविरुद्ध खेल्नेछ । तेस्रो खेलमा ७ कार्तिकमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालले ९ कात्तिकमा अफगानिस्तान र १० मा श्रीलंकासँग खेल्दै लिग चरण सक्काउने छ । लिग चरणका शीर्ष चार टोली फाइनल चरणमा पुग्नेछन् । शीर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप