भक्तपुर क्यान्सर अस्पतालले ‘प्यालेटिभ केयर फन्ड’ स्थापना गर्ने
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस २०२५ को अवसरमा एक कार्यक्रम आयोजना गरी देशभर प्यालियटिभ सेवाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
सोही अवसरमा आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्नका लागि ‘बीसीएच प्यालेटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जीवनको अन्तिम क्षणमा पनि प्रत्येक व्यक्तिले माया, सहानुभूति र सम्मान पाउने अधिकार भएको बताउँदै प्यालियटिभ केयर सामाजिक र नैतिक जिम्मेवारी रहेको स्पष्ट पारे ।
उनले नेपालमा पहिलो पटक ‘हसपिस फ्यासिलिटी’ स्थापना गर्ने अस्पतालको लक्ष्य रहेको र यसका लागि सरकारी तथा सामुदायिक सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथि मिस नेपाल २०२५ लुना लुइटेलले प्यालियटिभ केयर मानवीय मूल्यसँग जोडिएको अभियान रहेको बताइन्। विशिष्ट अतिथि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिए ।
चालिसेले उक्त रणनीतिका पाँच मुख्य पक्षहरू प्रस्तुत गर्दै सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको बताए । भक्तपुर क्यान्सर अस्पतालमा हाल नेपालमा प्यालियटिभ केयरमा एमडी डिग्री प्राप्त दुई चिकित्सक कार्यरत छन्। कार्यक्रममा विभिन्न दाताहरूले ‘बीसीएच प्यालेटिभ केयर फन्ड’ मा सहयोगको प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण