शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक १ गतेको बार, तिथि, नक्षत्र, योग र करण लगायतका विवरणहरू छन्।
- मेषदेखि मीन राशिसम्मको राशिफलमा आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी विविध भविष्यवाणीहरू समावेश छन्।
- शुभ र अशुभ समय, राहुकाल र ब्रहा मुहुर्तको जानकारी दिइएको छ, जसले दिनको योजना बनाउन मद्दत गर्दछ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल कार्तिक १ गते । शनिबार । ईश्वी सन् २०२५ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी, दिउसो १ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी ५ बजेर ४० मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–ब्रम्ह, रातको ४ बजेर २१ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल, दिउसो १ बजेर २३ मिनेट उप्रान्त गर, रातको १ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह । धनत्रयोदशी (धनतेरश) ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३२ मिनेट । दिनमान २८ घडी ३१ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ६ मिनेटसम्म काल बेला ।
- बिहान ६ बजेर ७ मिनेटदेखि बिहान ७ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
- बिहान ७ बजेर ३२ मिनेटदेखि बिहान ८ बजेर ५७ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ५८ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म चर बेला ।
- बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर १४ मिनेटसम्म लाभ बेला ।
- दिउसो १ बजेर १५ मिनेटदेखि दिउसो २ बजेर ३९ मिनेटसम्म अमृत बेला ।
- दिउसो २ बजेर ४० मिनेटदेखि बेलुकी ४ बजेर ५ मिनेटसम्म काल बेला ।
- बेलुकी ४ बजेर ६ मिनेटदेखि बेलुकी ७ बजेर ५ मिनेटसम्म लाभ बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ४ बजेर २९ मिनेटदेखि बिहान ५ बजेर १७ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । खाद्यान्न, गरगहना तथा चाडबाड लक्षित सामानको व्यापार व्यवसायबाट मनग्गे लाभ हुनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
- बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनी कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योगमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ । दैनिक उपभोग्य सामान तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । तपाईँको कुरा काट्ने हरूलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । लत्ताकपडा, उपभोग्य वस्तु, गहना तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार, शेयर बजारबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । पूजा सामाग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । पूजा सामाग्री तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजपारिको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । यात्रा, खानपान, पूजापाठ तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायकै सन्दर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढाउन सकिनेछ । उपभोग्य वस्तु तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ । तर पनि धर्मसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । उपभोग्य वस्तु तथा चाडबाड लक्षित सामानको व्यापारबाट नाफा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । रोजगारी वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन् । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए बिसेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । अनलाइन व्यापार, पूजा सामाग्री तथा उपभोग्य वस्तुको व्यापारबाट नाफा कमाउन सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण