कैलालीमा धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह
सारांश
- कैलाली जिल्ला प्रशासन कार्यालयले धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह गरेको छ।
- किसानहरूले उचित मूल्य नपाएको गुनासो गरेपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
- संघीय सरकारले तोकेको मूल्य अनुसार किसानले धान बेच्न पाएका छैनन्।
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले सङ्घीय सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न र गराउन जिल्लाका कृषक र उद्योगी व्यवसायीलाई अनुरोध गरेको छ ।
उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी सङ्घीय सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्नरगराउन आग्रह गरेको हो ।
सङ्घीय सरकारको गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल मोटोधान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यमधानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
सरकारले तोकेको धानको समर्थन मूल्यअनुसारको मूल्य किसानले पाउन सकेका छैनन् । कञ्चनपुरका किसान केशव पाठकले व्यापारीको मूल्यमा एकाधिकार हुने गरेकाले किसानले उचित मूल्य नपाइरहेका बताए ।
उनले भने, ‘धान खरिद गर्ने व्यापारीले बिक्री गर्न जाने किसानलाई बढीमा रु दुई हजार ६५० भन्दाबढी दिन नसक्ने जवाफ दिन्छन्, भारतबाट पर्याप्त परिमाणमा चामल भित्रिने गरेकाले पनि किसानले धानको मूल्य पाएका छैनन् ।’
किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको धान किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर हुने आम्दानीबाट वर्षभरिको खर्चको जोहो गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण