कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ
कैलाली । कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने,“हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छाैँ ।”
यहाँका अधिकांश किसानहरू हिजोआज खेतबारीमै व्यस्त देखिन्छन् । खेतमा धान काट्दै गरेका सोही ठाउँका अर्का किसान सुकराम चौधरीले खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए । चाडपर्व नजिकिएकाले धान भित्र्याउनका लागि यहाँका किसानलाई अझै भ्याइनभ्याइ भएको उनको भनाइ छ ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानहरू यतिबेला आधुनिक उपकरणहरू प्रयोग गरी धान भित्र्याउन लागि परेका छन् ।
किसान पहिले एक अर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथे भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् ।
नेपालीको महान चाड शुभ दीपावली सुरु भइसकेको छ । तै पनि यहाँका कतिपय किसानहरू धानबाली भित्र्याउन जुटेको पाइन्छन् ।
थोरै खेत हुने साना किसानहरूले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइ सकेका छन् । किसानहरूका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जातहरू बढी मात्रामा देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण