आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बङ्गलादेशको विमानस्थलमा भीषण आगलागी, १ अर्ब डलरभन्दा बढीको क्षतिको अनुमान

सोमबार, ०३ कात्तिक २०८२, १५ : ४३
सोमबार, ०३ कात्तिक २०८२

काठमाडौँ । बङ्गलादेशको मुख्य विमानस्थलको कार्गो खण्डमा शनिबार भएको भीषण आगलागीले १ अर्ब डलरभन्दा बढीको क्षति पुग्ने नेताहरूले अनुमान गरेका छन् ।

२७ घण्टापछि नियन्त्रणमा आएको यो आगलागीका कारण उडान र विमानस्थल सञ्चालन अस्थायी रूपमा स्थगित भएको थियो ।

क्षतिग्रस्त सामानहरूमा कपडा र कच्चा पदार्थहरू समावेश छन्। बङ्गलादेश चीनपछि विश्वको दोस्रो ठुलो कपडा निर्यातकर्ता  हो, जसले एच एन्ड एम र वालमार्ट जस्ता ग्लोबल रिटेलरहरूलाई आपूर्ति गर्छ । बङ्गलादेशको तयारी पोशाक क्षेत्रले वार्षिक करिब ४० अर्ब डलर आम्दानी गर्छ ।

बङ्गलादेश गार्मेन्ट उत्पादक तथा निर्यातकर्ता संघका एक वरिष्ठ उपाध्यक्षका अनुसार नष्ट भएका केही सामग्री नयाँ खरिदकर्ताहरू सुरक्षित गर्नका लागि आवश्यक नमूना समेत थिए, जसले गर्दा प्रभावित व्यवसायहरूले भविष्यका अवसरहरू गुमाउन सक्छन् ।

यो आगलागी एक हप्ताभित्र बङ्गलादेशमा भएको तेस्रो ठुलो घटना हो। यसअघि मंगलबार एउटा गोदाममा भएको आगलागीमा १६ जनाको मृत्यु भएको थियो भने बिहीबार चटगाउँमा एक सात तले कपडा कारखानामा आगलागी भएको थियो । 

यसैले अहिले अनलाइनमा यी तीन वटै घटनालाई ’नियोजित’ भन्दै षड्यन्त्रका सिद्धान्तहरू फैलिएका छन् । सरकारले आगजनीको कुनै विश्वसनीय प्रमाण फेला परेमा तत्काल कडा कारबाही गर्ने जनाएको छ । 

बङ्गलादेशमा कमजोर पूर्वाधार र सुरक्षाका कारण ठुला आगलागीका घटना बारम्बार हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप