मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन पहल
सारांश
- व्यास नगरपालिकाले मानुङकोटमा पहाडी बस्ती विकास कार्यक्रम सुरु गरेको छ।
- मानुङकोटमा पर्यटकको आकर्षण बढेपछि होटल खुल्ने क्रम बढेको छ र खानेपानीको समस्या समाधान हुँदैछ।
- मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
तनहुँ । यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीय ग्राम मानुङकोटमा पहाडी बस्ती विकास कार्यक्रमको योजना अघि बढाएको छ ।
प्रसिद्ध पर्यटकीय क्षेत्र मानुङकोटमा एकीकृत जग्गा विकास आयोजनाअन्तर्गत विकासका योजना अघि सारिएको हो । पर्यटकीय ग्राम बनाउने उद्देश्यले नगर विकास कोषको बजेटमा स्थलगत सम्भाव्यता अध्ययन भइरहेको आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मुलले बताए ।
उनले भने, “पहाडी बस्ती विकासमा यो स्थान पहिलो रहेको छ, पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले प्रक्रिया अघि बढाइसकेको छ ।” जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडो याममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।”
जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुल्ने क्रम पनि बढिरहेको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका बासिन्दाले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।
मानुङकोट जाने सडक कालोपत्रे भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्रे गरिएको हो । अलैँचीबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्रे भएको हो । कालोपत्रे गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।
सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी पुर्याउने कार्य भइरहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण भइरहेको बताए ।
उनले भने, “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदै छौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुँदैछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण