शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

२५ वर्षको सेवापछि राष्ट्र बैंकबाट बाहिरिए गुणाकर भट्ट

बिहीबार, ०६ कात्तिक २०८२, १४ : ००
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट बिहीबारदेखि अनिवार्य अवकाशमा गएका छन्।
  • राष्ट्र बैंकको नियमावली अनुसार ७ वर्षे कार्यकाल पूरा भएपछि भट्टले अवकाश पाएका हुन्।
  • उनी गभर्नरको दौडमा रहे पनि कांग्रेसको रोजाइमा नपरेपछि कार्यकारी निर्देशकको रूपमा रहे।

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाश पाएका छन् । आज (बिहीबार) देखि उनी अनिवार्य अवकाशमा गएका हुन् । 

राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था अनुसार भट्टको कार्यकाल पूरा भएको हो । 

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि, ५८ वर्ष उमेर वा उच्च निर्देशक तहका लागि १२ वर्ष र कार्यकारी निर्देशकका लागि ७ वर्षे सेवा अवधिमा अवकाश पाउने व्यवस्था छ ।

भट्ट २०५७ मा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका भट्ट थिए । उनी २०७५ साल कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए ।

यो अवधिमा भट्टले आर्थिक अनुसन्धान विभागमा सबैभन्दा लामो जिम्मेवारी सम्हाले त्यस्तै, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा रहेर उनले काम गरेका थिए । 

गत चैतमा गभर्नर महाप्रसाद अधिकारीको अनिवार्य अवकाशपछि उनी गभर्नरको दौडमा थिए । तत्कालीन अवस्थामा सत्तारुढ दलबिच लामो माथापच्चीका कारण उनी कांग्रेसको रोजाइमा रहेका उनी गभर्नर बन्न सकेनन् । गभर्नर बन्नकै लागि राजीनामा दिएका तत्कालीन कायम मुकायम गभर्नर निलम ढुङ्गानाले राजीनामा स्वीकृत गरेकी थिइनन् । 

नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भएपछि हालसम्म उनी गभर्नर कार्यालयको कार्यकारी निर्देशकको रूपमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप