मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

केनको अद्भुत रेकर्ड : ९ प्रयासमा ६ गोल, नेमारको तुलनामा ४७% बढी

बिहीबार, २१ असार २०७५, १७ : १०
बिहीबार, २१ असार २०७५

एजेन्सी । फुटबल विश्वकपको क्वाटर फाइनलको लाइन–अप निश्चित हुनासाथ उपाधी र गोल्डेन बुट कसले जित्ला भनेर चर्चा झनै चर्को हुन थालेको छ । 

सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइने गोल्डन बुटमा इङ्ग्ल्याण्डका कप्तान ह्यारी केन सबैभन्दा अगाडी छन् । यसमा उनलाई कसैले टक्कर दिएको छैन । 

केन पछि दोश्रो नम्बरमा बेल्जियमको रोमेलु लुकाकु र पोर्चुगलको क्रिस्टियानो रोनाल्डोको नाम छ । दुबैले ४–४ गोल गरेका छन् । पोर्चुगल बाहिरी सकेकाले अब रोनाल्डो यस विश्वकपमा गोल गर्न सक्दैनन् । यस्तोमा दुई मध्ये लुकाकुसँग मात्र ह्यारी केनभन्दा अघि जाने मौका छ ।

ह्यारी केनले गोल गरेको प्रत्येक खेलमा इङ्गल्याण्डले जितेको छ ।

ह्यारी केनले यो विश्वकममा अहिलेसम्म तीन खेल खेले । यसमध्य उनले हरेक खेलमा गोल गरे । उनले गोल गरेको हरेक खेल इङ्ग्ल्याण्डले जितेको छ । 

प्रतियोगिता शुरु हुनुभन्दा अघि इङ्ग्ल्याण्डलाई उपाधीको दाबेदार मानिएको थिएन । तर, ह्यारी केनको प्रयासमा इङ्ग्ल्याण्ड यस दौडमा सामेल भएको छ । यो विश्वकप ह्यारीको पहिलो विश्वकप हो । पहिलो विश्वकपमै उनी कप्तानीको भूमिकामा छन् । उनले समूह चरणको खेलमा ट्युनिसियाविरुद्ध २ गोल गरे । त्यसपछिको दोश्रो खेलमा पनामाविरुद्धको खेलमा त ह्याट्रिकनै गरे । बेल्जियम विरुद्धको तेस्रो खेलमा उनलाई खेलाइएको थिएन, त्यो खेलमा इङ्ग्ल्याण्ड नै पराजित भयो ।

कोलम्बियाको खेलमा उनले निर्धारित अवधिमा एक पेनाल्टी र पेनाल्टी शुटआउटमा पनि गोल गरे । 

इङ्ग्ल्याण्डको तर्फबाट विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने दोस्रो खेलाडी
ह्यारी केनले यो विश्वकपमा हालसम्म ६ गोल गरिसकेका छन् । इङ्गल्याण्डको लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड ग्यारी लिनेकरको नाममा छ । उनले सन् १९६६ र १९९० को विश्वकपमा कुल १० गोल गरेका थिए । 

तर ह्यारी विश्वकपमा आफुले खेलेको सबै खेलमा गोल गर्ने एक मात्र खेलाडी हुन् । त्यस्तै २४ वर्षे ह्यारी केन इंग्ल्याण्डको सबैभन्दा युवा कप्तान पनि हुन् । उनी भन्दा पहिले यो रेकर्ड बबी मूरको नाममा थियो ।

गोल्डेन बुटको दौडमा समावेस शीर्ष ५ फुटबलरहरु

पोर्चुगलको खेलाडी क्रिस्टियानो रोनाल्डोले ४ खेलमा ४ गोल गरे । तर उनको टिम विश्वकपबाट बाहिर गइसकेकाले उनले सुनको जुत्ता जित्ने सम्भावना छैन ।

दुई खेलाडीको बराबरी सङ्ख्यामा गोल भए के हुन्छ ?
विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बल दिइन्छ । तथापी जब कुनै दुई खेलाडीहरुको बराबरी गोल हुन्छ भने तब उनीहरुले आफ्ना टिमका अन्य साथीको गोलमा गरेको एसिस्ट हेरिन्छ । दोस्रो धेरै गोल गर्नेलाई सिल्भर बुट दिइन्छ र तेस्रो सङ्ख्यामा गोल गर्नेलाई ब्रोन्ज बुट दिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप