फिल्म ‘सतीदेवी’ ‘इजिप्टियन अमेरिकी फिल्म फेस्टिवल’मा छनोट
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ अमेरिकाको ‘इजिप्टियन अमेरिकी फिल्म फेस्टिभल’मा छनोट भएको छ । अमेरिकाको न्युर्याेकमा ३१ अक्टोबरदेखि २ नोभेम्बरसम्म आयोजना हुने फेस्टिवलमा विश्वका थुप्रै देशका फिल्म पनि सहभागी छन् ।
आफ्नो फिल्म छनोमा पर्दा निकै खुसी लागेको निर्देशक सुवेदीले बताए । ‘ फेस्टिवलमा छनोट हुनु मिहिनेत सार्थक हुनु हो,’ उनले भने, ‘यो मेरो मात्र होइन, नेपालकै उपलब्धि हो ।’ फिल्मले ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा पनि नगदसहित पुरस्कार जितेको थियो, जहाँ निर्देशक सुवेदीले अवार्डसमेत प्राप्त गरेका थिए ।
‘सतीदेवी’ नारीप्रधान फिल्म हो । फिल्मको केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् । फिल्ममा महतको अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय छ ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ । फिल्मको गीत पनि सुवेदी आफैले लेखेका हुन् । फिल्म नेपालमा गत वर्ष भदौमा प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण