मङ्गलबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक ११ गतेको बार, तिथि, नक्षत्र, योग र करणबारे जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न ग्रहगोचरको प्रभाव बताइएको छ।
- शुभ कार्यका लागि लाभबेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२५ अक्टोबर २८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–सप्तमी, ५५ घडी ३९ पला, रातको ४ बजेर २८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वाषाढा, १६ घडी ७ पला, बिहान १२ बजेर ३९ मिनेट उप्रान्त उत्तराषाढा । योग–धृती, ५८ घडी ४१ पला, रातको ५ बजेर ४१ मिनेट उप्रान्त शूल । करण–गर, बेलुकी ४ बजेर ४ मिनेट उप्रान्त वणिज, रातको ४ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–धनु , बेलुकी ७ बजेर १ मिनेट उप्रान्त मकर ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २१ मिनेट । दिनमान २७ घडी ५२ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर १२ मिनेटसम्म रोग बेला ।
- बिहान ६ बजेर १३ मिनेटदेखि बिहान ७ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर ३७ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म चर बेला ।
- बिहान ९ बजेर १ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
- बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १० मिनेटसम्म काल बेला ।
- दिउसो १ बजेर ११ मिनेटदेखि दिउसो २ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
- दिउसो २ बजेर ३५ मिनेटदेखि बेलुकी ३ बजेर ५८ मिनेटसम्म रोग बेला ।
- दिउसो ३ बजेर ५९ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो २ बजेर ३३ मिनेटदेखि दिउसो ३ बजेर ५७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ३५ मिनेटदेखि बिहान ५ बजेर २३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गर्ने समय रहेको छ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबारमा मिलाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरू हल भएर जानेछन् । अध्ययन तथा कामको लागी यात्राको योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट तपाईँको कामका सहयोग पाइनेछ । उपहार प्राप्तिको योगलाई नकार्न सकिँदैन । धर्म तथा अध्यात्म जस्ता धार्मिक गतिविधिमा सरिक हुन पाउँदा मन प्रसन्न हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) एकल तथा साझेदारी व्यापारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । योग, ध्यान तथा धर्म कर्ममा मन जानेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन् । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरु वर्गहरु खुसी हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । व्यापारबाट नाफा कमाउन सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । धार्मिक यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने परिवारको साथले नयाँ काम गर्न हौसला बढ्नेछ । दिनदुखिको सेवामा आफूलाई समर्पित गर्न पाउँदा मन हर्षित हुनेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, म नपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । विदेशी सामानको व्यापारमा वृद्धि भएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय तथा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिने तथा अध्ययनको लगावले आर्थिक तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । तर पनि स्वास्थ्यमा समस्या आई कर्जा बढ्ने योग रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । धार्मिक यात्राको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण