पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान
सारांश
- यस वर्ष, आठ प्रकारका धानको मूल बीउ अनुसन्धान गरिएको छ, जसले उत्पादन बढाउने लक्ष्य राखेको छ।
- राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकामा धानको अनुसन्धान गरेको छ, जसमा स्थानीय आठ जातका धानको बीउ उत्पादन गरिएको छ।
- कृषि प्राविधिकहरूले धानको बीउ परीक्षण गरेपछि, फलेवास नगरपालिकाले बीउ बिक्रीमा सहयोग गर्नेछ र यसले किसानहरूको धानखेतीतर्फको आकर्षण बढाउनेछ।
पर्वत । यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।
राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ ।
पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ । अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३/२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो ।
यसैबिच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ गरिने अर्जुन श्रेष्ठले बताए । धानको बीउ तथा अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए ।
गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा रु आठ लाख बराबरको बिक्री भएको थियो ।
बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतङ्कजस्ता कारणले कृषकहरूको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेकी छन् ।
केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगर पालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण