ट्वाइलेट सिटभन्दा फोहोर हुन्छ तकिया
सारांश
- सिरानीको खोल नियमित सफा नगर्दा, ट्वाइलेट सिटभन्दा बढी ब्याक्टेरिया जम्मा हुन सक्छन्, जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ।
- नेशनल स्लीप फाउन्डेसनको प्रतिवेदन अनुसार, तकियामा हप्तामा १७ हजार गुणा बढी ब्याक्टेरिया जम्मा हुन्छन्, जसले छाला र श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
- फोहोर तकियाको खोलले एलर्जी, दम, र संक्रमण फैलाउन सक्छ, त्यसैले यसलाई तातो पानीले धोएर घाममा सुकाउनुपर्छ।
काठमाडौँ । हाम्रो वरिपरि ब्याक्टेरियाले भरिपूर्ण अनेक वस्तु हुन्छन् । स्वास्थ्यलाई ठिक राख्न मानिसहरू हरेक दिन घर र कोठाको सरसफाइ गर्छन् । तर यस क्रममा केही कुरालाई बेवास्ता गरिन्छ । यसमा हामी सुत्दा खेरि सिरानी हाल्न प्रयोग गर्ने तकिया पनि पर्छ ।
तकियाहरू बारम्बार धुन सम्भव हुँदैन । तर यसको खोल हप्ता हप्तामा धुनुपर्छ । तपाईंले महिनौंदेखि तकियाका खोल धुनु भएको छैन भने यसमा ट्वाइलेटका सिटमा भन्दा बढी ब्याक्टेरिया जम्मा भएर बसेका हुन्छन् । यी ब्याक्टेरियाहरूले रातभर निद्राका खराब गर्छन् र तपाईंलाई बिरामी बनाउन सक्छन् ।
अमेरिकाको नेशनल स्लीप फाउन्डेसन ले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार तकियामा एक हप्तामा १७ हजार गुणा बढी ब्याक्टेरिया जम्मा हुन सक्छन् । चार हप्तासम्म तन्ना धोइएन भने यसमा लाखौँ ब्याक्टेरिया जम्मा हुन्छन् । फोहोर तकियाका खोलमा ग्राम–नेगेटिभ रडहरू, ग्राम–पोजिटिभ रडहरू, बेसिली र ग्राम–पोजिटिभ कोकी जस्ता ब्याक्टेरियाहरू हुन्छन् । यी मध्ये केही ब्याक्टेरिया हानिरहित छन्, तर धेरैले छालाको सङ्क्रमण वा श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन सक्छन् ।
प्रतिवेदनका अनुसार, तकियाको खोलमा जम्मा भएर बसेको धुलो, पसिना, तेल र मृत छालाका कोषहरू ब्याक्टेरियासँग मिलेर उल्टै तपाईंको छालालाई हानि पु-याउन सक्छन् । यसले छालामा रहेका छिद्रहरू बन्द गरेर डन्डिफोर, बिबिरा जस्ता समस्याहरू बढाउन सक्छ । ओसिलो तकियामा पनि फंगस विकास हुन सक्छ । जसले दाद जस्ता सङ्क्रमण निम्त्याउँछ । फोहोर तकियाको खोलमा धुलोको कण, ढुसी र घरपालुवा जनावरको कपालहरू जम्मा भएर बस्न सक्छ, जसले एलर्जी र दमको समस्यालाई बढाउन सक्छ । यसले हाच्छिउँ आउने, सास फेर्न गाह्रो हुने र नाक बन्द हुने जस्ता लक्षणहरू निम्त्याउन सक्छ । यस्तो वातावरणमा लामो समयसम्म सम्पर्कमा रहँदा दीर्घकालीन श्वासप्रश्वास रोगको जोखिम पनि बढ्छ ।
फोहोर तकियाको खोलले स्टेफिलोकोकस र स्ट्रेप्टोकोकस जस्ता ब्याक्टेरियाको सङ्क्रमण फैलाउन सक्छ । अनुहारमा काटिएको छ, पिम्पल वा घाउहरू छन् भने यी ब्याक्टेरियाले सजिलै सङ्क्रमण फैलाउन सक्छन् । लामो समयसम्म तकियाको खोल नफेर्दा जुम्रा, उडुस जस्ता किरा पर्न सक्छन् । यी समस्याहरूबाट बच्न, तकियाको खोल र ओछ्यानको तन्ना हप्ता हप्ता दिनमा धोइरहनु पर्छ । तातो पानीले धुँदा तकियामा भएका ब्याक्टेरिया र फंगस मर्छन् । तकियाहरू लाईघाममा सुकाउँदा पनि यी परजीवीहरूको जोखिम कम हुन्छ । सफा ओछ्यान छाला र श्वासप्रश्वास स्वास्थ्यको लागि त राम्रो हुन्छ नै यसले निद्राको गुणस्तर पनि सुधार गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण