१२ लाख सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, एक हप्ताभित्रै छपाई सुरु गरिँदै
सारांश
- सुरक्षण मुद्रण केन्द्रले अब सवारी चालक अनुमति पत्र छाप्ने भएको छ, जसको लागि समझदारी भएको छ।
- केन्द्रले सुरुमा १२ लाख लाइसेन्स छाप्ने र ३ देखि ६ महिनाभित्र वितरण गर्ने योजना बनाएको छ।
- तत्काल लाइसेन्स आवश्यक पर्ने र लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई प्राथमिकता दिइनेछ।
काठमाडौँ । अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि लाइसेन्स स्मार्ट कार्ड छाप्ने गरी मोटामोटी समझदारी बनेको हो । तिवारीले केन्द्रले पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको बताए । उनका अनुसार ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर वितरण गरिनेछ ।
‘केन्द्रसँग लाइसेन्स छाप्नेबारे सम्झौता भएको छ,’ निर्देशक तिवारीले भने, ‘अहिलेलाई १२ लाख कार्ड छाप्ने गरी समझदारी भएको छ, यद्यपि केही प्राविधिक कुराहरू मिलाउन बाँकी छ । छपाइको काम छिट्टै, सम्भवतः एक हप्ताभित्रै सुरु हुन्छ ।’
लामो समयदेखि लाइसेन्स नपाएर सास्ती भोगिरहेका सेवाग्राहीलाई राहत दिने उद्देश्यले यो सम्झौता गरिएको हो । तिवारीका अनुसार तत्काल आवश्यक परेका र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका दुवैलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण गरिनेछ । ‘जो–जोलाई तत्काल आवश्यक छ र जसले पहिलेदेखि नै माग गर्नुभएको छ, उहाँहरूको लाइसेन्स छपाइमा पर्नेछ,’ उनले भने।
छपाइको सुरुवातमा सानो संख्याबाट काम थालिने र क्रमशः बढाउँदै लगिने योजना विभागको छ । ‘सबै कुरा छलफलकै क्रममा छ, भोलि–पर्सिसम्ममा कहिलेबाट र कसरी छाप्ने भन्नेबारे टुङ्गो लाग्नेछ,’ तिवारीले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिनेको हकमा केन्द्रले दैनिक ५ सय लाइसेन्स छापेर तुरुन्त दिने सहमति भएको छ । त्यसपछि भने विभागले आफ्नै प्रणाली विकास गरेर लाइसेन्स वितरण गर्ने जनाएको छ ।
गत भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको थियो । यस्तै सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रुपमा क्षति पुगेको थियो । हाल अस्थायी टहरोबाट अन्य सेवा दिने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण