शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

७८ जनाको ज्यान जाने गरी भएको आगलागी : ११ जनालाई जन्मकैद

शनिबार, १५ कात्तिक २०८२, ०७ : ३७
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • टर्कीको एक होटलमा आगलागी हुँदा ७८ जनाको मृत्यु भएको घटनामा ११ जनालाई आजीवन कारावासको सजाय सुनाइयो।
  • आगलागीमा ३४ बालबालिकासहित ७८ जनाको ज्यान गएको थियो भने १३७ जना घाइते भएका थिए।
  • होटलका मालिक, उनकी श्रीमती र छोरीहरूलाई बालबालिकाको मृत्युको लागि जन्मकैदको सजाय दिइएको छ।

अंकारा । टर्कीको उत्तर-पश्चिमी बोलु पर्वतस्थित कर्ताल्काया स्की रिसोर्टको एक होटलमा भएको भीषण आगलागीमा ७८ जनाको मृत्यु भएको घटनामा ११ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। शुक्रबार अदालतले यो फैसला सुनाएको हो।

गत जनवरीमा १२ तले ग्रान्ड कर्ताल होटलको रेस्टुरेन्टमा लागेको आगोले गर्दा ३४ बालबालिकासहित ७८ जनाको ज्यान गएको थियो। घटनामा १३७ जना घाइते भएका थिए, जसमा त्रसित पाहुनाहरू ज्यान जोगाउन राति झ्यालबाट हाम फाल्न बाध्य भएका थिए।

सजाय पाउनेहरूमा होटलका मालिक हालित एर्गुल् र उनको व्यवस्थापन टोलीमा रहेकी श्रीमती तथा छोरीहरू पनि छन्। उनीहरूलाई बालबालिकाको मृत्युको लागि जन्मकैदको सजाय दिइएको छ। बोलुका उपमेयर र अर्का एक होटलका निर्देशकलाई पनि सजाय सुनाइएको छ।

उनीहरू लापरवाहीसहित ‘हत्याको नियत’ मा दोषी ठहर भएका हुन्।

कुल ३२ जना प्रतिवादी रहेको यस मुद्दामा बाँकी रहेका २० जना पूर्पक्षको हिरासतमा रहेका छन्। अदालतको फैसला सुनाइएसँगै अदालत कक्षमा उपस्थित पीडितका परिवारले ताली बजाएर स्वागत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप