आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुरको बालसुधार गृहबाट २० जना फरार

आइतबार, १६ कात्तिक २०८२, १७ : २३
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । भक्तपुरको सानो थिमी स्थित बालसुधार गृहबाट नाबालक बन्दीहरू भागेका छन् । आइतबार दिउँसो २० जना नाबालक बन्दी फरार भएका हुन् ।

भागेका मध्ये केही बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । सुधार गृहबाट भागेका १५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।

जेनजी प्रदर्शनमा भागेकाहरूलाई थप सजाय हुने ‘अफवाह’ फैलिएपछि उनीहरू एकजुट भएर गेट तोडेर भागेको जवेगुले जानकारी दिए । 

प्रदर्शनको बेला निस्किएपनि आफैँ फर्केको भन्दै उनीहरूले थप सजाय नगर्न माग गरेका छन् ।२०८० भदौ ४ मा सो बालसुधार गृहमा झडप हुँदा २ सय २१ नाबालक कैदी भागेका थिए । 

त्यसबेला थुनामा रहेका साथीको मृत्युपछि झडप भएको र सुधार गृहको पछाडिपट्टिको ढोका तोडेर उनीहरू भागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप