कांग्रेस नेता खतिवडालाई पितृ शोक
सोमबार, १७ कात्तिक २०८२, ११ : ४१
सारांश
- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाका पिता जीवनाथ खतिवडाको निधन भयो।
- ७८ वर्षका खतिवडाको डिल्लीबजारस्थित निवासमा निधन भएको हो।
- पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरियो, श्रद्धाञ्जली अर्पण गरियो।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए । उनको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा नेता खतिवडाले जानकारी दिए ।
स्व.खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए । स्व.खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण