शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ

सोमबार, १७ कात्तिक २०८२, १३ : २४
सोमबार, १७ कात्तिक २०८२

कैलाली । स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिक कैलालीको धनगढीबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा आइतबार साँझ करिब ५ बजे धनगढी उप-महानगरपालिका वडा नं. ०३, मिलनचोकमा चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत, लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता (चालक) र सोही ठाउँका २९ वर्षीय सागर गुप्ता रहेका छन्। उनीहरूले प्रयोग गरिरहेको भारतीय नम्बर प्लेट यूपी ३१ सीएन ११७५ को कार चेकजाँच गर्दा उनीहरूको साथबाट रु. २८ लाख ३ सय ५० नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राज कुमार सिंहका अनुसार, बरामद रकम र कारसहित दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप