बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ युवक पक्राउ

सोमबार, १७ कात्तिक २०८२, १४ : ०१
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • सप्तरीमा स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन्।
  • प्रहरीले झापाका २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइलाई पक्राउ गरेको हो।
  • घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सप्तरी । सप्तरीमा स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् । सुरूङगा नगरपालिका–२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक किरण र गाडीमा सवार धिरजलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप