जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
सारांश
- सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिगका लागि अस्ट्रेलियाका जोस ब्राउनलाई अनुबन्ध गरेको छ।
- ब्राउनले टी-२० क्रिकेटमा ४० खेलमा ९४५ रन बनाएका छन् र एनपीएल खेल्न उत्साहित छन्।
- सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले ब्राउनको प्रदर्शनबारे विश्वास व्यक्त गरे।
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ। ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।
टी-२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे। जोस ब्राउनले टी-२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी-२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन्।
'एनपीएल खेल्न आउने कुरामा धेरै उत्साहित छु। नेपाली समर्थकलाई छिट्टै भेट्ने छु,' ब्राउनले भने। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए।
सुदूरपश्चिम रोयल्सको टोली:दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण