भारतको सर्वोच्च अदालतमा नेपालको जेनजी आन्दोलनको चर्चा
सारांश
- भारतको सर्वोच्च अदालतले नेपालमा जेनजी विरोध प्रदर्शनलाई उल्लेख गर्दै पोर्नोग्राफी नियन्त्रणको मागमा प्रश्न उठायो।
- अदालतले सामाजिक सञ्जाल प्रतिबन्धले युवा आक्रोश बढाएको र आन्दोलन निम्त्याएको सन्दर्भलाई जोडेको देखिन्छ।
- अदालतले पोर्नोग्राफीमा रोक लगाउनुपर्ने माग सम्बन्धी रिटमा सुनुवाइ स्थगित गर्दै अर्को सुनुवाइ चार हप्तापछि गर्ने जनाएको छ।
काठमाडौँ। भारतको सर्वोच्च अदालतले सोमबार नेपालमा जेनजी विरोध प्रदर्शनलाई उल्लेख गर्दै पोर्नोग्राफी हेर्ने कार्यलाई नियन्त्रण गर्न राष्ट्रिय नीतिको माग गर्दै गरिएको रिटमा प्रश्न उठाएको छ ।
सर्वोच्च अदालतको संयुक्त इजलासमा भारतीय प्रधानन्यायाधीश बीआर गवईले नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धित भएको टिप्पणी गर्दै भने, ‘हेर्नुहोस् त्यहाँ के भयो। परिणाम के भयो ? सबैले देखेका छन् ।’
नेपालमा पनि पोर्नोग्राफीमाथि प्रतिबन्ध लगाइएको छ तर त्यसले विरोध निम्त्याएको थिएन । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदा युवाको आक्रोश बढेको र आन्दोलन गर्नका लागि अवसर जुरेको सन्दर्भलाई भारतको सर्वोच्च अदालतको बेन्चले जोड्न खोजेको देखिन्छ ।
भारतको केन्द्र सरकारले पोर्नोग्राफीमा पहुँच रोक्ने स्पष्ट नीति बनाउनुपर्ने भनी निवेदक पक्षले तर्क गरेको थियो । इन्टरनेटमा यस्तो सामग्री सजिलै उपलब्ध रहेकाले त्यसमा रोक लगाउनुपर्ने निवेदक जिकिर छ ।
निवेदनमा सरकारलाई कम्प्युटर स्रोतहरू मार्फत कुनै पनि जानकारीमा सार्वजनिक पहुँच रोक्ने अधिकार विद्यमान कानून अन्तर्गत छ तर पोर्नोग्राफी उपभोगको मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न असफल भएको तर्क गरिएको छ ।
बेन्चले सोमबारको सुनुवाइ स्थगित गरेको छ अब सो रिटमा चार हप्ता पछि सुनुवाइ हुने जनाइएको छ । अदालतले डिसेम्बरमा निवेदनको अर्को सुनुवाइ गर्नेछ, यद्यपि निवर्तमान प्रधानन्यायाधीश गवईको कार्यकाल नोभेम्बर २३ मा समाप्त हुने तय भएको छ।
भारतमा पोर्न हेर्नु अपराध होइन । तर, व्यावसायिक प्रयोजनका लागि अश्लील सामग्रीको उत्पादन वा वितरण दण्डनीय अपराध हो । यो भारतीय दण्ड संहिता र सूचना प्रविधि ऐन २००० अन्तर्गत अपराधको रूपमा परिभाषित गरिएको छ ।
भारतीय सरकारले हालसम्म करिब १ हजार पोर्न वेबसाइटहरूमा प्रतिबन्ध लगाइसकेको छ ।
यसै वर्षको सुरुमा केन्द्र सरकारले अश्लील र अभद्र सामग्री देखाउने कम्तीमा २५ वटा अनलाइन भिडियो प्लेटफर्म (ओटीटी ) बन्द गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण