सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्ताे रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

मङ्गलबार, १८ कात्तिक २०८२, ०४ : ५९
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक १८ गते मंगलबारको बार, तिथि, नक्षत्र र योगको विवरण दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा ग्रहहरूको गोचरको प्रभावबारे जानकारी दिइएको छ।
  • शुभ र अशुभ समयका साथै राहुकाल र ब्रह्म मुहूर्तको जानकारी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल कार्तिक १८ गते । मंगलबार । ईश्वी सन् २०२५ नोभेम्बर ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–चतुर्दशी, ३८ घडी ९ पला, बेलुकी ९ बजेर ३३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–रेवती, १३ घडी ५६ पला, बिहान ११ बजेर ५२ मिनेट उप्रान्त अश्विनी । योग–बज्र, २४ घडी ३३ पला, बेलुकी ४ बजेर ४ मिनेट उप्रान्त सिद्धि । करण–गर, बिहान १० बजेर ३७ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ३३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मीन, बिहान ११ बजेर ५२ मिनेट उप्रान्त मेष ।

काठमाडौमा सूर्योदय बिहान ६ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १६ मिनेट । दिनमान २७ घडी २७ पला ।  

आजको बार बेला ।

बिहान ६ बजेर १७ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर १८ मिनेटदेखि बिहान ७ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ४० मिनेटदेखि बिहान ९ बजेर २ मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर ३ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ३३ मिनेटदेखि बेलुकी ३ बजेर ५४ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ५५ मिनेटदेखि बेलुकी ६ बजेर ५४ मिनेटसम्म काल बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो २ बजेर ३१ मिनेटदेखि दिउसो ३ बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ४० मिनेटदेखि बिहान ५ बजेर २८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्यम रहेकोले अनावश्यक तथा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजिओ आईएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । अग्रज, आफन्त तथा दिदी बहिनीबाट आर्थिक सहयोग पाइनेछ । खोजमूलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । पढाइ लेखाइकै सवालमा देश विदेशको यात्रा हुनेछ । मन्दिर तथा धार्मिक स्थलको यात्रा गरी धर्म कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । न्यायिक निर्णय तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ ।  

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  सन्तानको प्रगतिमा मन प्रफुल्ल हुनेछ भने वंश वृद्धिको योग रहेको छ । पढाइ लेखाइमा सहपाठीहरूलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच विश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्व हरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।  
 
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानी फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ शेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।
 
तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप