बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘रोल नं. १’का लागि अडिसनबाट बालकलाकार छानिने

मङ्गलबार, १८ कात्तिक २०८२, ११ : ४४
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • फिल्म 'रोल नं. १' बाल मनोविज्ञानमा आधारित भएर बन्ने भएको छ र यसका लागि बाल कलाकारको अडिसन आह्वान गरिएको छ।
  • ७ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई अडिसनका लागि आवेदन दिन आह्वान गरिएको छ, जसमा केटा र केटी दुवैको आवश्यकता छ।
  • फिल्मको कथा विद्यार्थीहरूमाझको सामाजिक दबाब, झूटो प्रतिष्ठा र 'जित्नैपर्ने' मानसिकताको वरिपरि घुम्नेछ।

काठमाडौँ । बालमनोविज्ञानमा आधारित रहेर निर्माण हुन लागेको फिल्म हो  ‘रोल नं. १’ । फिल्मका लागि निर्माण पक्षले केही बालकालकारको अडिसन आह्वान गरेको छ । 

सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मका लागि ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली केही बालबालिकाहरू आवश्यक भन्दै सामाजिक सञ्जालबाट अडिसनका लागि आवेदन आह्वान गरिएको छ । 

निर्माण पक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा बाल कलाकार, ६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार फिल्मका लागि आवश्यक छन् । सबै कलाकार अडिसनबाट छान्ने निर्देशक विनोद पौडेलले बताए । 

बाल कलाकारहरूको रङ गहुँगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ । इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी फिल्म निर्माण कम्पनीलाई पठाउन सक्नेछन् । निर्माण पक्षले प्राप्त भिडियोहरूबाट शोर्टलिस्ट भएका व्यक्तिहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने बताएको छ ।

फिल्मको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहनेछ । फिल्मको निर्देशक जोन योञ्जनले गर्दैछन् । महेश दवाडीको पटकथा र संवाद र प्रशान्त सिवाकोटीको सङ्गीत फिल्ममा रहनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप