कांग्रेस विवाद
बानेश्वरमा सुरु भयो कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला
मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ०२
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भयो।
- महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरू पनि भेलामा सहभागी छन्।
- १५ औँ महाधिवेशनबारे ठोस निर्णय नभएपछि विशेष भेला बोलाइएको हो।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेहरूले विशेष भेला गरिरहेका हुन् ।
विशेष महाधिवेशन माग्दै असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू अजयबाबु सिवाकोटी र प्रतिमा गौतम सहभागी छन् । उनीहरू महामन्त्री थापा पक्षीय हुन् । त्यस्तै कांग्रेसका लुम्बिनी प्रदेश सभापछि अमरसिंह पुन पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण