पञ्चेश्वरदेखि सदरमुकामको दूरी छोटियो
बैतडी । महाकाली करिडोरको ‘ट्र्याक’ खुलेसँगै बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकामको दूरी छोट्याएको छ ।
करिडोरअन्तर्गत पञ्चेश्वरको अर्तोली भन्ने स्थानमा रहेको कडा चट्टानका कारण समस्या भएको थियो ।
उक्त कडा चट्टानका कारण सडक निर्माणमा समस्या रहेकामा हाल समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
उनले भने,“करिडोरअन्तर्गत अर्तोलीको कडा चट्टान काटिएसँगै सदरमुकाम आवतजावतको दूरी छोटिएको छ । यसअघि आठ घण्टा लाग्ने गरेकामा अबदेखि दुई घण्टामै सदरमुकाम पुग्न सकिन्छ ।”
उक्त चट्टान काटिएसँगै वडा नम्बर ५ गिरेगडा र वडा नम्बर ६ रोडिदेवल पालिका केन्द्र कुँलाउसँग जोडिएको छ । ट्र्याक खुलेसँगै वडा नम्बर ५ र ६ पनि गाउँपालिकाको केन्द्रसँग सडक जोडिएको छ ।
सडक निर्माण नहुँदासम्म गाउँपालिका–५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न समस्या थियो ।
सडक निर्माण भएपछि अब स्थानीयलाई पालिकामा पुग्न सहज भएको अध्यक्ष चन्दले बताए ।
अध्यक्ष चन्दले भने, “सडक जोडिएसँगै वडा नम्बर ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज भएको छ । योसँगै सबै वडा पालिकाका केन्द्रसम्म जोडिएका छन् । पालिका पुग्न पनि घण्टौँ हिँड्ने नागरिक अब गाडीमा छिटो पालिका पुग्नेछन् ।”
गाउँपालिकाका हरेक वडाबाट पालिकाको केन्द्रसम्म पुग्ने कच्ची सडकहरु निर्माण भएका हुन् । महाकाली करिडोर कञ्चनपुर–डडेल्धुरा–बैतडी हुँदै दार्चुलासम्म पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण