एसिया कपको घटनापछि रउफलाई दुई खेलमा आईसीसीको प्रतिबन्ध
काठमाडौँ । पाकिस्तानका तीव्र गतिका बलर ह्यारिस रउफलाई आईसीसीले प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकाविरुद्धको पहिलो र दोस्रो एकदिवसीय खेल गुमाउने भएका छन्।
एसिया कप २०२५ मा भारतविरुद्ध भएका दुई छुट्टाछुट्टै घटनाहरूमा उनले चार डिमेरिट अङ्क पाएकाले उनीमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। रउफ दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको ओडीआई शृङ्खलाको तेस्रो खेलका लागि उपलब्ध हुनेछन्।
रउफले एसिया कपमा सेप्टेम्बर १४ र २८ मा भएको खेलहरूमा आईसीसीको आचारसंहिताको धारा २।२१ ९खेलको प्रतिष्ठामा आँच आउने० उल्लङ्घन गरेका थिए। दुवै पटक आरोप अस्वीकार गरेपछि औपचारिक सुनुवाइ भएको थियो र त्यसपछि प्रतिबन्ध लगाइएको हो। २४ महिनाको अवधिमा कुनै खेलाडीले चार डिमेरिट अङ्क जम्मा गरेमा स्वतः दुई खेलको निलम्बन लागु हुन्छ।
एसिया कपमा भारत(पाकिस्तानबिचको तीन खेलमा राजनीतिक तनाव देखिएको थियो भने मैदानमा भएको चर्काचर्की परेको थियो। भारतका कप्तान सूर्यकुमार यादवले पनि सेप्टेम्बर १४ को जितपछि टिप्पणीका कारण सोही आरोपमा दुई डिमेरिट अङ्क पाएका थिए। भारतका जसप्रीत बुमराह र पाकिस्तानका साहिबजादा फरहानले पनि एक-एक डिमेरिट अङ्क पाएका थिए।
भारतले तीनवटै खेलमा पाकिस्तानका खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेको थियो, जसलाई पाकिस्तानका कप्तान सलमान आगाले ‘खेल भावना विपरीत’ भनेका थिए। यस तनावका कारण पाकिस्तानले प्रतियोगिताबाट बाहिरिने चेतावनीसमेत दिएको थियो।
तीव्र रूपमा तनावपूर्ण रहेको फाइनलमा भारतले पाकिस्तानलाई हराए पनि, पुरस्कार वितरण समारोहमा पनि नाटक बाँकी नै थियो। भारतीय टोलीले एसीसी अध्यक्ष तथा पीसीबीका अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी लिन अस्वीकार गरेको थियो। लामो ढिलाइपछि भारतले ट्रफी बिना नै पोडियममा खुसी मनाएको थियो। उक्त ट्रफी अहिलेसम्म पनि भारतीय टोलीलाई दिइएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण