आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

बुधबार, १९ कात्तिक २०८२, १५ : १६
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • आईसीसी विश्वकप लिग-२ मा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ।
  • ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो।
  • भिम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशलले ४५ रन जोडे।

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ ।

बुधबार आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनायो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ६८ बल खेलेका  उनले ७ चौका प्रहार गरे । त्यस्तै कुशलले ४५ रन बनाए । ५१ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले ३७ रनको योगदान गर्दा आसिफ शेखले ३४ रन, आरिफ शेखले ३० रन जोडे ।

बलिङतर्फ यूएईका लागि जुनाइद शिद्धकी, मोहम्मद जवाल्ल र ध्रुव प्रासरले दुई दुई विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप