कैलालीमा बसको ठक्करबाट वृद्धाको मृत्यु
बुधबार, १९ कात्तिक २०८२, १७ : ४७
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २, तेघरीमा बुधबार बिहान यात्रुबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिपायलबाट धनगढीका लागि छुटेको ना ५ ख ५२५ नम्बरको बसले बाटो काट्दै गरेकी अन्दाजी ८० वर्षीया दिलमाया तामाङलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी तामाङको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि आक्रोशित स्थानीय बासिन्दा र मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै केही समय सडक अवरुद्ध पारेका थिए। पीडित पक्षसँग कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण